Pages

बलभद्र पुजन समारोह भब्यताका सम्पन्न

















बीरगंज ७ भदौ/ कलवार कल्याण समिति बीरगंजले प्रत्येक बर्षउत्सवको रुपमा मनाउने गरेको बलभद्र पुजन समारोह यस बर्षपनि भब्य रुपले मनाएको छ ।

यसै अवसरमा पहिलो पलट कलवार कल्याण समितिले बीरगंजले भगवान बलभद्रको शोभा यात्रा निकालेको छ । बिहान करिब ९ बजे बलवार समितिको सभा भवनबाट निकालीएको शोभा यात्रामा कलवार समुदायका महिला तथा पुरुषहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । शोभा यात्रा आदर्शनगर, पुरानो बस पार्कबाट, घडिअर्वा चोक, माईस्थान, आदर्शनगर अलखियामठ हुदै पुनः कलवार कल्याण समितिमा पुगेको थियो । कलवार कल्याण समिति पर्साका अध्यक्ष भोला प्रसाद कलवारको अध्यक्षतामा सम्पन्न पुजन समारोहमा कलवार समुदायका ब्यक्तिहरुको सहभागीता रहेको थियो । कलवार समुदायले बलभद्रलाई भगवान बलरामको रुपमा लिने गरेका छन् । भगवान बलभद्रलाई भात, दाल र तरकारीको भोग लगाउने प्रचलन रहेको छ ।

No comments:

Post a Comment