बीरगंज ४ असोज/ नेपाल पर्यटन वर्ष२०११ का अवसर हेटौडामा आयोजना गरिने रोड टु हेटौडा राष्ट्रिय वक्सिङ प्रतियोगिता आगामी पुस १७ गते वाट हुने भएको छ । हेटौडमा आज वसेको प्रतियोगिता मूल आयोजक समितिको वैठकले नेपाल पर्यटन वर्षशुरु हुने दिनका अवसरमा प्रतियोगिता उद्घाटन गर्ने निर्णय गरेको संयोजक पुरन वहादुर जोशीले वताउनु भएको छ ।
आज वसेको मूल आयोजक समितिले १७ सदस्यीय कार्यकारीणी समिति समेत गठन गरेको छ । कार्यकारीणी समितिमा मूल आयोजक समितिका पदाधिकारीका अतिरिक्त अन्य सदस्यहरुमा नारायणी यातायत व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, मकवानपुर जिल्ल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रभात कुमार दाहाहल, निर्माण व्यवसायी संघ हेटौडाका अध्यक्ष खडग गोपाली, मकवानपुर उद्योग वाणीज्य संघका अध्यक्ष अरुण राज सुमार्गी, होटल व्यवसाय एशोसिएशनका अध्यक्ष भागीरथ शर्मा,पत्रकार महासंघका अध्यक्ष राममणी दाहाल, व्यवसायी गणेश भेटवाल, आशिष श्रेष्ठ, भेष गड्गी, विशाल घोष, तथा जिल्ला विकास समिति मकवानपुर र हेटौडा नगरपालीका सदस्य रहने गरि कार्यकारीणी समिति गठन गरेको मूल आयोजक समितिका सचिव राजन खुशराज दाहाल राजनले जानकारी दिनु भयो । त्यसै गरि समितिका कोषाध्यक्ष कृष्ण कटुवालको संयोजकत्वमा अरुण राज सुमार्गी, गोकर्ण पराजुली, आशिष श्रेष्ठ, गणेश भेटवाल रहनु भएको आर्थिक उपसमिति समेत गठन भएको छ । यस अघि नै क्षेत्रिय प्रशासकको अध्यक्षतामा भएको सवै पक्षिय भेलाले पुरन बहादुर जोशीको संयोजकत्वमा १०१ सदस्यी मूल आयोजक समिति र हरि वहादुर महतको अध्यक्षतामा सल्लाहकार समिति गठन गरेको थियो । नगरपालीका स्तरिय प्रतियोगितामा देशका करीव ४० वटा नगरपालीकाका तर्फाट सहभागिता रहने सहसचिव सविन भट्टाचार्यले बताउनु भयो । प्रतियोगिताका माध्यम वाट देशभरका खेलाडीलाई हेटौडामा पर्यटकका रुपमा भित्र्याएर मकवनपुरको समग्र पक्षका विषयमा जानकारी दिने उद्देश्य रहेको संंयोजक पुरन वहादुर जोशीले जानकारी दिनु भएको छ ।
No comments:
Post a Comment