बीरगंज ४ असोज/ कुखुरा ढुवानी गर्ने एक पिकपले बिहान करिब ५ बजेको समयमा ट्रकलाई ठक्कर दिँदा दुइ जनाको अवस्था चिन्ताजनक रहेको सामाचारमा जनाईएको छ ।
बीरगंज पथलैया सड्क खण्डमा जीतपुर देखि पथलैया जाँदै गरेको ना.१.च. ८१४५ नम्बर को कुखुरा ढुवानी गर्ने एक पिकपले आज पिपरा सिमरा स्थित हुलास स्टिल अगाडी ब्रि्रेको अवस्थामा रुकेेको ना.१.ख. ३९४८ नम्बरको एक मालबाहक ट्रकलाई पछाडी बाट ठक्कर दिँदा सोहि पिकपका गा.वि.स.भवानीपुर जीतपुर ४ नगौल निवासी २२ बषिर्य चालकर् इन्द्रजीत महत्तो र बिर्वागुठी गाविस १ झाब्रा निवासी २३ बषिर्य सहचालक जिवन श्रेष्ठ गम्भिर र्घाईते भएका छन् । सो क्रममा र्घाईते दुवैलाई औषधी उपचारको लागी बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने जिवन श्रेष्ठलाइ थप उपचारका लागि काडमाण्डौ पठाइएको छ । पिकप, ट्रक र ट्रक चालकलाइ इलाका प्रहरी कार्यालय सिमरा बाराको हिरासतमा अनुशन्धानको लागी राखिएको इलाका प्रहरी कार्यालय सिमरा बाराका इन्चार्ज अंगुर जिसिले बताएका छन् ।
No comments:
Post a Comment