बीरगंज ५ भदौ/ हिन्दु युवा संघ नेपाल केन्द्रिय कार्य समिति पर्सा जिल्ला कार्य समितिको तत्वावधानमा आगामी शनिवार घण्टाघर प्राङणमा सनातन हिन्दु धर्मावलम्बी साधु सन्त भक्तजन मिलन समारोह कार्यक्रम हुदैछ ।
हिन्दु सेवा संघ नेपालले धर्म निरपेक्षता खारेज गरौं, धर्म सापेक्षता लागु गरौ, सनातन हिन्दु धर्म कायम गरौ, साधु सन्त महन्थको रक्षा गरौं, गौमाताको थय नेपाल माताको नारा दिएकोछ । हिन्दु युवा संघ नेपाल केन्द्रीय समिति वीरगन्ज र हिन्दु युवा संघ नेपाल जिल्ला कार्य समिति वीरगन्ज, पर्साले हिन्दु राष्ट्र रक्षाका लागि आव्हान गरेको पर्चामा धर्म रक्षा बलिदान सर्वोत्तम पुण्य हो । नेपाललाई विश्वको एकमात्र गौरवान्वित नमूना हिन्दु राष्ट्र कायम गराउन मिलन समारोहको योजना गरेको छ । आज प्रान्तवाद, भाषावाद, जातिवाद, सेक्युलरवाद, धर्म निरपेक्षतावादको कुनियतले सुन्दर शान्त नेपाल भनिएको देश नेपाललाई विखण्डन गर्ने चाल रचिदैछ भन्ने शब्दहरु उल्लेख छ ।
No comments:
Post a Comment