ट्राफिक प्रहरी द्वारा २३ वटा मोटरसाइक नियन्त्रणमा
बीरगंज १२ असोज/ जिल्ला प्रहरी कार्यालय पर्सामा आज बिहान आयोजित पत्रकार सम्मेलनमा ट्राफिक प्रहरी निरीक्षक एकेन्द्र बहादुर खड्काले जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयको सहयोगमा हिजो देखि शुरु गरेको अप्रेशन अन्तरगत गएराती बीरगंजको बिभिन्न स्थानबाट २३ वटा मोटरसाइक नियन्त्रणमा लिएको छ ।
बीरगंज नगर क्षेत्रमा सवारी चालकहरलाई ट्राफिक नियम पालना गराउन दबा दिने उद्धेश्यले ट्राफिक प्रहरीले ट्राफिक अप्रेशन शुरु गरेको छ । ट्राफिक प्रहरी निरीक्षक खड्काले हेल्मेट नलगाएको, सवारी दर्ता पुस्तक, सवारी चालक प्रमाण पत्र नभएको, नबिकरण नगरिएको मोटरसाइकका चालकबाट मोटरसाइकल नियनत्रणमा लिएको जानकारी दिनु भयो । वहाँले ट्राफिक नियम पालना गर्न माईकिङ्ग, रेडियो र प्रत्क्षय माध्यबाट पटक पटक आग्रह गर्दा पनि वास्ता नगरिए पछि कारवाही शुरु गरिएको बताउनु भयो । नियन्त्रणमा लिउको सवारी साधनको आवश्क कारवाही प्रमाण पेश गरिएमा मोटरर्साईक सम्बन्धीत ब्यक्तिलाई नै फिर्ता दिने र प्रमाण पेश गर्न नसकेमा जपत गरि भन्सारमा बुझाउने प्रहरीले जनाएको छ । एक साता सम्म अप्रेशन जारी रहने प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment