बीरगंज ११ असोज/ बारा बस यातायात व्यवसायी समिति कलैयाको अहवानमा हिजो देखी गरिएको अनिश्चितकालीन यातायात बन्दले आज दोस्रो दिन बारामा र्सार्वजनिक सवारीका साधान बन्द भएको छ ।
कोल्हवी, मधुबन, फतेपुर, बेलहिया, कवहीगोठ, बंकुल लगायतका ग्रामीण क्षेत्रसम्म सञ्चालन हुने यातायातका सवारीका साधनहरु सडक मर्मत नभएको कारण गाडी चलाउन जोखिम रहेकोले सो सडकखण्ड मर्मत गर्नुपर्ने भन्दै यातायात व्यवसायीहरु हडतालमा उत्रेका हुन् । सो सडकखण्ड अत्यन्त ब्रि्रेको कारण सवारीका साधन चलाउँदा पल्टिने सम्भावना बढी रहेकोले सडक मर्मतको लागि जिल्ला बिकास समिति बारा र जिल्ला प्रशासन कार्यालय बारामा बारम्बार ध्यानकार्षा गराउदा पनि सम्बन्धीत निकायको ध्यान यस तर्फनगएको कारण बाध्यभएर आन्दोलनमा उत्रिनुपरेको समितिका बारा जिल्ला अध्यक्ष दिपेन्द्रप्रसाद साहले बताउनुभयो । समितिले यातायातका सवारीका साधनहर बन्द गरेर आन्दोलनमा उत्रिएका कारण र्सबसधारण यात्रीहरु मर्कामा परेका छन् । कलैयाबाट बीरगंज सहित बिभिन्न ठाउँमा जाने सवारीका साधनहरु बन्द भएपछि बिद्यार्थी लगायत र्सबसधारण यात्रीहरुलाई समस्या भएको छ । यता बारामै पर्ने पर्ूव-पश्चिम महेन्द्र राजमार्गमा कुनै अवरोध नगरिएको कारण राजमार्गमा सवारीका साधनहरु सञ्चालन भईरहेको मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।
No comments:
Post a Comment