नेवा खलद्धारा सांस्कृती प्रदशर्न गरिने
बीरगंज १० असोज/ प्रबधर्नमा नेपाल बर्ष २०११ लाई सफल पार्नका लागि पनौति बिकाश केन्द्र काभ्रे नेपालको बिभिन्न शहरमा त्यहाँको मौलीक सांस्कृती प्रदशर्न गरिने जनाएको छ ।
आज बीरगंजको स्थानिय होटल सिजनमा आयोजित पत्रकार सम्मेलनमा नेवा खल बीरगंजका सचिव गजेन्द्र देव ठकुरीले प्रयटन बर्षो अवसरमा देवी नाच लगायत बिभिन्न प्रदशर्नहरु बीरगंजमा प्रदशर्न गरिने बताउनु भएको छ । परापुर्वक कालमा दैत्यहरुले मानिसहरुलाई अत्यन्त दुःख एवम् त्रास दिएको हुदाँ संकटमोचन गर्नका लागि दैबीय शक्तिहरुको उत्पतिबाट दैत्यलाई नष्ट गरि मानव कल्याण गरेकोले सोही नाटकिय प्रस्तुती नै देवि नाँच भएको सचिव ठकुरीले जानकारी दिनु भयो । नेवा खलका बरिष्ठ सल्लाहकार डा.दिपक शाक्यले ३५ जनाको समुहमा रहेको नाँच समुहले १२ गते मंगलबार बीरगंजको अलखियामठबाट देवि नाँच शुरु गरि बिर्ता मन्दिर हुंदै नगरका बिभिन्न भागको परिक्रमा गरिने बताउनु भयो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment