बीरगंज २९ भदौ/ परिवर्तनका लागि अहिंसात्मक हस्तक्षेप कार्यक्रम संहिता नारा बोकेको सत्याग्रह नामक संस्थाले आज स्थानीय श्रीपुर नेपाल राष्ट्रिय उच्च माधयमिक विधालयको प्राङणमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
राजधानीका पत्रिका वीच स्थानीय पत्रिकाको अस्तित्व विषयक छलफल कार्यक्रममा संचारकर्मी के.सी. लामिछानेले ग्रामीण पत्रकारितालाई हामीले विषय बनाउन नसकेका कारण केही पछि परेका छौ भन्नु हुदै हामी वीच पेशागत समस्या छन तर हाम्रै पनि पत्रकारिता प्रतिको जवाफदेहीता छैन त्यसमा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।
राष्ट्रिय फोटो पत्रकार समुह पर्साका अध्यक्ष राजु श्रेष्ठले गाउका समाचार हामीकहा पुग्दैनन भन्छौ तर लागु औषध गाजा खेती, तस्करी जस्ता समाचार हामी वीच आवश्यकता भन्दा बढी आउछन् अन्य समाचारमा कमी छ त्यो हाम्रो अल्छिपनले भएको बताउनु भयो । नेपाल पत्रकार महासंघ पर्साका सभापति शत्रुध्न नेपालले गुणस्तरीय सेवा दिन नसक्नु र बाहिरी लगानी संचार क्षेत्रमा प्रवेश गर्न रोक लगाउने प्रवृत्तिका कारण पनि हामी कहा स्थानीय पत्रिकाको स्तरबृद्धि गर्न अप्ठ्यारो परेको बताउनु भयो । प्रतिक दैनिकका सम्पादक जगदिश प्रसाद शर्माको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य महेश दास पत्रकार महेशचन्द्र गौतम, राससका अञ्चल प्रतिनिधि शितल महतो, कान्तिपुर संवाददाता शंकर आचार्य, अनुप तिवारी, प्रताप श्रेष्ठ, रितेश त्रिपाठी, लगायतले सुझाव राख्नु दिएका थिए ।
No comments:
Post a Comment