Pages

राष्ट्रिय बाल दिवसको अवसरमा बिभिन्न कार्यक्रम
































बीरगंज २९ भदौ/ हामी सवैको सरोकार, नया संविधानमा सुनिश्चित बाल अधिकार भन्ने मुल नाराका साथ ४६ औं राष्ट्रिय बाल दिवसको अवसरमा आज वीरगन्जमा र्याली निकालिएको  


जिल्ल्ाा बाल कल्याण समिति जिल्ला बाल क्लबको संयुक्त आयोजनामा वीरगन्जको घण्टाघरबाट निकालिएको र्यालीमा सहभागीहरुले बालबालिका बेच्नु जगन्य अपराध हो, बालश्रम शोषण नगरौं, छोराछोरीमा भेदभाव नगरौं, शिक्षाबाट बन्चित नगरौ लगायतका प्लेकार्ड बोकी नगरको विभिन्न भागको परिक्रमा गर्दै वीरगन्ज नगरसभागृहमा पुगी सभामा परिणत भएको थियो नगरसभागृहमा आयोजित सभामा पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा, समाजसेवी मधु राणा, लुमन्तीका फिल्ड संयोजक यज्ञराज कार्की, एनजिओसिसीका रामनरेश यादव लगायतले राजनीतिक अन्यौलताका कारण गुणस्तरीय शिक्षामा प्रभाव परिरहेको कुरामा जोड दिएका थिए कार्यक्रममा विद्यार्थी, बालक्लव रामटोल का सदस्यहरुले बालश्रमका बारेमा नाटक प्रस्तुत गरेका थिए कार्यक्रममा बाबा इङलिश बोर्डि· स्कुल, जिएचपी, गौतम माध्यमिक विधालय, आमाको माया छात्रावास, वाल कल्याण गृह लगायतका बालबालिकाहरुको सहभागिता रहेको थियो

No comments:

Post a Comment