Pages

राजमार्गमा पहिलो पटक सिसिटिभी जडान



















बीरगंज ३० भदौ/  महेन्द्र र त्रिभुवन राजमार्गको सङ्गम स्थल बाराको पथलैयामा अधिराज्य मै पहिलोपटक राजमार्गमा सि.सि.टि.भी. मङ्गलबार जडान गरिएको छ ।

सवारी चाप बढदै गएकोले सवारी साधन दुर्घटना बढ्न थालेपछि गतिविधि नियन्त्रण गर्ने र चोरी डकैती जस्ता कार्यलाई निरुत्साही गर्ने उद्येश्यका साथ मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जडान गरेको हो । ट्राफिक अनियमितता तथा अपराधका घटना सम्बन्धि सत्यतथ्य पत्ता लगाउनुका साथै प्रहरीको गतिविधिको बारेमा पनि जानकारी राख्न मद्यत पुग्ने सि.सि.टि.भी. को उद्घाटन गर्दै प्रमुख अतिथि प्रहरी नायव महानिरिक्षक नवराज ढकालले बताउनुभयो । नेपालीहरुको नजिकिदैं गरेको चार्डपर्व राजमार्गमा चोरी डकैतीको घटना पनि बढ्ने गरेको पाईएकोले सि.सि.टि.भी.प्रभावकारी देखिने छ । राजमार्गमा हुने जुनसुकै गतिविधिको जानकारी राखिने र विग्रिदैं गएको ट्राफिक नियम पालना गराउन समेत मद्यत पुर्याउने भएकोले नेपाल मै पहिलोपटक राजमार्ग -हाई वे)मा सि.सि.टिभी. जडान गरेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुरेन्द्र सिंहले बताउनुभयो । ६० हजार रुपैयाँको लागतमा हाल दुइ स्थानमा सि.सि.टि.भी. क्यामेरा जडान गरिएकोछ । यसले खिचेको दृश्य २५ दिन सम्म रेकर्ड राख्ने सिंहले बताउनुभयो । मकवानपुर, रौतहट लगायतका जिल्लाको राजमार्गमा पनि सिसिटिभी राख्ने तयारी भैरहेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएकोछ ।

No comments:

Post a Comment