बीरगंज २६ भदौ/ सशस्त्र प्रहरी सिमा सुरक्षा बल परसाको भिस्वाबाट प्रहरीको गस्ती टोलीले ठुलो परिमाणमा प्रतिबन्धी चरेश र गाँजा बरामद गरेको छ । बाँकी पढ्नुहोस......
परसाको मिर्जापुरमा गस्तीका लागि गएको सशस्त्र प्रहरीको गस्ती टोलीले बकमरी गाबिस नजिकबाट २ सय २० किलोग्राम गाँजा र ५ किलोग्राम चरेश बरामद गरेका हो । भरियाहरुले नेपालबाट भारत तर्फलैजाने क्रममा सशस्त्र प्रहरीलाई देखे पछि तस्करहरु गाँजा र चरेश छाडेर फरार भएको सशस्त्र प्रहरी नायब निरीक्षक पराक्रमराज भण्डारीले बताएका छन् । बरामद गरिएको प्रतिबन्धी चरेश र गाँजा जिल्ल्ाा प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment