
बीरगंज २६ भदौ/ प्रत्येक बर्षो भदौ चतुर्थीका दिन हुने गरिएको गणेश चतुर्थी महोत्सव यस बर्षपनि धुमधामका साथ मनाईदै छ । बाँकी पढ्नुहोस........
जय गणेश झन्कार मण्डलको आयोजनामा बिगत आठ बर्षदेखि गणेश चतुर्थी महोत्सव मनाईदै आईरहेको हो । बीरगंको घडिअर्वा नजिक भईरहेको सो महोत्सवमा भगवान गणेशका लागि शुद्ध घ्युबाट २०१ किलोको लड्डु बनाइृएको छ । जय गणेश झन्कार मण्डलका अध्यक्ष भोला कुमार झन्कारको सभापतित्वमा संचालन भईरहेको ५ दिने महोत्सवमा २४ औ घण्टा भजन किर्तन, छप्पन भोग, १२० घण्टा सम्म अखण्ड दिप प्रजवलन गर्ने गरिएको छ । जय गणेश झन्कार मण्डल लगायत भारत र नेपालका बिभिन्न कलाकारहरु द्धारा भजन किर्तन गरिने कार्यक्रम रहेको पुजा समितिका अध्यक्ष रमेश शर्माले बताउनु भएको छ । गणेश चतुर्थी महोत्सवको पण्डाल बढी तामझामका साथ सजाईएको छ । करिब ३ लाख ५० हजारको लागतमा हुने गरेको सो महोत्सवमा श्रद्धालु भक्तजनहरुको उल्लेखनीय उपस्थिती रहेको छ । आजबाट शुरु भएको गणेश चतुर्थी महोत्सवको ५ दिन पछि मुर्ती बिर्सजन गरिने बताईएको छ ।
No comments:
Post a Comment