Pages

लायन्स तथा लियो क्लब द्वारा रक्तदान






















बीरगंज ९ असोज/ लायन्स इन्टरनेशनल ३२५ बि अन्तरगतका बीरगंजमा रहेका सम्पुर्ण लायन्स तथा लियो क्लबको आयोजनामा रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।
बीरगंजको आदर्शनगर स्थित टिवडेवाल धर्मशाला र बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पताल नजिक रहेको लायन्स र्सर्भिस सेन्टरमा विहान ९ बजेदेखि बेलुका ५ बजे सम्म भएको रक्तदान कार्यक्रममा निशु चौधरी, रुबि रुगंटा, आदित्य तिवारी, निखील अग्रवाल, रोशनी श्रेष्ठ, निधी अग्रवाल, उमेश प्रसाद साह, सुनिल कुमार सिन्धी, प्रेम कुमार झा, अशोक गुप्ता लगायत २ सय ७१ जनाले रुक्तदान गरेका छन् । रक्तदान कार्यक्रमका संयोजक मनोहर टिवडेवालले नेपाल अधिराज्य रक्तदान, जीवनदान हो भन्ने भावनाको उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको रक्तदानका कार्यक्रम संयोजक टिवडेवालले बताउनु भएको छ । कार्यक्रममा लायन्स रामअवतार खेतान, लायन्स संजय खेतान, लायन्स प्रकाश वाहेती, लायन्स अमर गौतम लगायतका सदस्यहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment