Pages

सिमेन्ट थोक बिक्रेताहरुको सम्मेलन सम्पन्न



















बीरगंज १० असोज/  कृष्णा सिमेन्ट कम्पनी प्रा.लि द्वारा आयोजित थोक बिक्रेताहरुको सम्मेलन आज एक कार्यक्रमका बीच स्थानिय होटल कुमु पैलेशमा सम्पन्न भएको छ ।
नेपाल अधिराज्य भरिका थोक बिक्रेताहरुले कृष्णा सिमेन्ट बढी बिक्री बितरण गरेको भन्दै प्रमुख अतिथी रामजि अग्रवाल र पशुपति अग्रवालले शिल्ड प्रदान गरि पुरस्कृत गर्नु भएको थियो । कम्पनीका प्रबन्ध निर्देशक सुबोध कुमार साहको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका रामबाबु साह, राजेश घिमिरे, आतुसोत सुकला, सिएमनाथ, सतिश मिश्रा लगायतको सहभागिता रहेको थियो । पुरस्कृतहरुमा लालबन्दीका प्रभात हाडवेयर, बीरगंज मर्ुर्लीका न्यु दिपक स्टोर्स, चितवनका चुडामणी पौडेल, कलैयाका रबिन्द्र हाडवेयर, जनकपुरका गौरी शंकर आयरण, शिवनगरका साह हाडवेयर, बीरगंज घडिअर्वाका गुड्डी किराना, स्रि्रौनगढ्का माँ चन्द्रमा हाडवेयर लगायत २७ जना बिक्रेताहरुलाई पुरस्कृत गरिएको थियो । कृष्णा सिमेन्ट कम्पनी प्रा.लिले प्रतिदिन करिब ३ हजार सम्म उत्पादन गर्ने गरिएको र डिलरहरुले एक बर्षा बढि सम्ममा १ लाख देखि १ लाख २५ हजार सम्म बिक्री बितरण गर्ने गरिएको कम्पनीका म्यानेजर रामबाबु साहले बताउनु भयो । कार्यक्रममा स्वागत भाषण उपेन्द्र शर्माले गर्नु भएको थियो भने संचालन अपराजिता भट्टाचार्यले गर्नु भएको थियो ।

No comments:

Post a Comment