Pages

बिश्वकर्मा पुजा भब्यताका साथ मनाईदै

बीरगंज १ असोज/   आज असोज १ गतेका दिन परापुर्व काल देखि मनाइदै आएको बाबा विश्वकर्माको पूजा भब्यताका साथ औद्योगिक नगरि बीरगंज लागायत नेपाल भरि मनाईदै छ । हरेक कलकारखाना उघोग, कमप्युटर, मेशिन औजार, सवारी साधनलाई पुजा गरि ज्ञान बिज्ञान र सिपका भगवान बाबा बिश्वकर्मालाई सबैले सम्झीएका छन् ।

प्रत्येक बर्षो असोज १ गते मनाईने विश्वकर्माको पूजामा सबै कलकारखाना, अधोगमा काम गर्ने मजदुरहरु जुटेका छन् । यन्त्रहरुको भगवान विश्वकर्मा पुजाको २१ औ शताब्दीको बिज्ञान र प्रबिधीको युगमा झन महत्व बढेको छ । बढ्दो औधोगिकी करण संगै भगवान बिश्वकर्माको पुजा महोत्सवले महत्व पाएको छ । यस युगमा मानव द्वारा संचालीत तथा श्वचालीत यन्त्रहरु, कलकारखाना रहे सम्म भगवान बिश्वकर्माको पुजा आजा कायमै रहने बिश्वास लिन सकिन्छ । आध्यात्मबाद र भौतिक बादको संतुलनले मात्र चरम बिकाश गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बिश्वकर्मा पुजा बनेको छ । बिशेष गरि हिनदु धर्मावलम्बीहरुले मनाउँदै आएको बिश्वकर्मा पुजा हिजो आज हरेक धर्म र जातका मजदुर तथ प्राबिधीकहरुले मनाउँदै आएका छन् । केही वर्षअघिसम्म वीरगन्ज पथलैया औद्योगिक करिडरमा विश्वकर्मा पूजा मनाइदा मजदुरका लागि कुनै ठूलो चार्डपर्व भन्दा कम खुशियाली हुँदैन थियो ।
विशेषगरी प्राविधिक काम गर्ने मजदुरहरुलाई उद्योगका साहुले पुरस्कार, नयाँ कपडा दिनुका साथै उद्योगभरिका मजदुरका लागि मनोरन्जन र भोजभतेरको व्यवस्था समेत गर्ने गरेका कारण मजदुरहरुका लागी ज्यादै रमाइलो हुने गर्‍थयो । अहिले आएर उद्येागहरुको खस्कँदो अवस्था, देशमा राजनितीक अन्योलता, असुरक्षा, पुँजी अभाव का कारण विश्वकर्मा पूजाको रौनकतामा कमी आउन थालेको छ । तरपनी भगवान बिश्वकर्माको पुजाका लागि समान किनमेल गर्ने ब्यक्तिहरुको बीरगंजको माईस्थान, मिनाबजार लगायतका ठाउहरुमा ठुलो भिड लागेको छ ।
यसैगरि बिश्वकर्माको मुर्ती बनाउनका लागि भारतको बिभिन्ा ठाँउबाट वीरगंज आएका मुर्तीकारहरुले करिब डेढ महिना देखि भगवान बिश्वकर्माको माटाको मुर्ती बनाउँदै आएका थिए । केही मुर्तीकारका अनुसार गत बर्षतयार पारिएको मुर्ती नबिकेका कारण यस बर्ष३० देखि ४० प्रतिशत मुर्ती कम बनाएको बताएका छन् । बिश्वकर्मा पुजाको भोली पल्ट आ-आफ्ना स्थानमा सजाएर पुजा गरेर राखिएका बिश्वकर्मा बाबाको मुर्ती बाजा गाजा, नाच गान सहित नजिकैको पोखरी तथा नदीमा लगेर सेलाईने परम्परा रहेको छ ।

No comments:

Post a Comment