बीरगंज ८ असोज । जिल्ला स्तरीय प्रधानाध्यापक गोष्ठी आज नेपाल राष्ट्रिय उच्च माध्यमिक बिधालय श्रीपुरमा एक कार्यक्रका बीच सम्पन्न भएको छ ।
जुनियर रेडक्रस सर्कलको सहयोग तथा नेपाल रेडक्रस सोसाईटीको आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथी जिल्ला शिक्षा अधिकारी केदार तिवारीले नेपाल रेडक्रस सोसाईटीको कि्रयापलापमा बिधालयका लागि शिक्षा कार्यालयबाट प्राप्त हुन सक्ने सहयोग उपलब्ध गराउने प्रतिब्धता जनाएका छन् । श्रीपुर स्कुल ब्यवस्थापन समितिका अध्यक्ष सुन्दर प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षक युनियन पसा्रका अध्यक्ष रामचन्द्र पडित त्रिजुध माध्यमिक बिधालयका प्रधानाध्यापक रिधीकान्त थापा नेपाल रेडक्रस सोसाईटीका सदस्य जुमादिन शेख हवारी जुनियर रेडक्रसका सदस्य राजेश पण्डित रेडक्रस पसा्रका मन्त्री फुल महमद मियाँले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा पर्सा जिल्लाका बिभिन्न ६० वटा बिधालयका ८० जना प्रधानाध्यापकहरुलाई डा।बिश्वम्भर शर्मा फुलमहमद मियाँ र राजेश पण्डितले प्रशिक्षण दिनु भएको थियो । जुनियर रेडक्रसलाई कसरी संचालनमा ल्याउने तथा त्यसमा प्रधानाध्यापकहरुको दायित्व के हुने छ र यसबारे प्रधानाध्यापकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताईएको छ । श्रीपुर स्कुलका निम्ति प्रधानाध्यापक गोपाल चौधरीले स्वागत भषण दिनु भएको थियो भने रेडक्रस सोसाईटी पसा्रका शाखा अधिकृत उदय राज शर्माले संचालन गर्नु भएको थियो ।

No comments:
Post a Comment