बारा ट्रेड युनियन कांग्रेसका अध्यक्ष द्वारा आत्म हत्या
बीरगंज ११ असोज/ नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुलिस यादव आज बिहान आफ्नै घरमा मृत अवस्थामा फेला पर्नु भएको छ ।
लिपनीमाल गाबिस-५ स्थित आफ्नै घरमा गए राती खाना खाएर कोठामा सुत्न गएका यादवले बिहान अबेर सम्म ढोका नखोलेपछि परिवारका सदस्यले झयालबाट हेर्दा पंखामा पासो लगाएर भुण्डीएको झुण्डी रहेको देखेपछि गाँउलेहरुलाई बोलाई झयालको डण्डी काटी कोठा भित्र पसि मृतक यादवलाई तल आरालेका थिए । यादवले आत्म हत्या गरेको आशंका प्रहरीले गरेको छ भने यादवको मृत्युका कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ४५ बर्षीय यादव झण्डै केही बर्षदेखि नेपाली कांग्रेस निकटको नेपाल ट्रेड युनियन कांग्रेसमा सकृय रहनु भएको थियो । यादवको शव पोष्ट मार्टमका लागि बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment