बीरगंज ९ असोज । अन्तर पार्टी मुस्लिम जिल्ला समन्वय समिति पर्साको आयोजनामा इद मिलन समारोह कार्यक्रम आज बीरगंज स्थित जिल्ला बाल कलयाण समितिको सभाकक्षमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी नारायणी यातायात कार्यालयका प्रमुख महमद लाल बाबुले समुनत समाज निर्माणका लागि सबै जाती मिलेर अगाडी बठनु पर्ने कुरामा जोड दिनु भएको थियो । मुस्लिम मुस्लिम जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इमाम हुसैनको अध्यक्षतामा भएको कार्यक्रममा मधेशी जनअधिकार फोरम पर्साका जिल्ला अध्यक्ष शशि कपुर मियाँ मुस्लिम इतेहाद संगठनका बाबुजान अलि शिव सेनाका जिल्ला अध्यक्ष राज किशोर चौबे पत्रकार महासंघ पसा्रका सदस्य युवराज खड्का लगायतले मन्तब्य दिएका थिए ।

No comments:
Post a Comment