Pages

हतियार एउटै पार्टीलाई सुम्पेर देशमा शान्ति र संविधान हुन नसक्ने - मन्त्री कर्ण

बीरगन्ज २७ भदौ । बिना विभागीय मन्त्री तथा सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले सरकार र विद्रोही दुवैको हतियार एउटै पार्टीलाई सुम्पेर देशमा शान्ति र संविधान हुन नसक्ने बताउनु भएको छ । बाँकी पढ्नुहोस…

रिपोटस्र क्लव नेपाल पसा्र शाखाद्वारा वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कर्णले चुनावी प्रकि्रयाबाट प्रधानमन्त्री चयन नभएसम्म उमेदवारले मनोनयन फिर्ता लिन नसक्ने कानुनी अप्ठ्यारो रहेको बताउनुभयो । वहाँ राष्ट्रिय सहमति सरकारका लागि मात्र नभएर संविधान र शान्तिका लागि संगसंगै जुटाउन जरुरी रहेकोमा जोड दिनुभयो । संविधान नियमावलीमा प्रधानमन्त्री पदका लागि निर्वाचन दिएका उमेदवारहरुमध्ये कुनै एकले ५१ प्रतिशत मत नल्याएसम्म निर्वाचन प्रकि्रया निरन्तर जारी रहने उल्लेख भएपनि उमेदवारीको निर्णयका विषयमा नियमावली मौन रहेको बताउनुभयो । मन्त्री कर्णले माओवादी संग अहिले लडाकुको हतियार छ सरकारमा गयो भने राज्यको हतियार समेत हुने बताउनु भएको छ ।

No comments:

Post a Comment