बीरगन्ज २७ भदौ । नेपाली कांग्रेसका नेता केन्द्रिय सदस्य नरहरी आचार्यले नेपाली कांग्रेस पार्टी अहिले दिशा हिनताको संक्रमणमा रहेको बताउनु भएको छ । बाँकी पढ्नुहोस…
नेपाल प्रेस युनियन पर्साले आज बीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य आचार्यले शान्ति प्रकि्रया कायम गर्न जुनसुकै दललाई सरकार बनाउन दिएपनि केही फरक नपर्ने विचार व्यक्त गर्नुभएका नेता आचार्यले हिजोका सर्तहरु आजपनि एनेकपा माओवादीले मान्ने हो भने उ सरकारमा जान सक्छ भन्नुहुदै महरा टेप काण्डका बारेमा उच्चस्तरीय जाचबुझ टोली गठन हुनु पर्ने बताउनु भएको छ । वहाँले मुलुकको गणतान्त्रिक अवस्था सुनिश्चित गर्नुपर्ने समय आएको बताउनु भएका आचार्यले नेपाली कांग्रेसलाई परिवर्तन गर्न पार्टी गुटबन्दीलाई रुपान्तरण गर्न आफु लगायत आफ्नो समूहको उम्मेदवारी रहेको प्रष्ट पार्नु भयो । नेपाल प्रेस युनियन पसा्रका उपाध्यक्ष युवराज खड्काको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:
Post a Comment