सुरक्षा तथा कानुनी शासनको सवलीकरण बिषयक अन्तरकृया सम्पन्न
बीरगंज ११ असोज/ सुरक्षा तथा कानुनी शासनको सवलीकरण सरोकारवालाको भुमिका बिषयक अन्तरकृया कार्यक्रम युनाइटेड स्टेट इन्सिच्युट अफ पिस, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक मध्माञ्चल क्षेत्रीय कार्यालय काठमाण्डौ र रेस नेपाल नाराययणी एफएमको संयुक्त आयोजनामा आज स्थानिय होटल मकालुमा सम्पन्न भएको छ ।
रेस नेपाल नाराययणी एफएमका अध्यक्ष गोबिन्द देवकोटाको सभापतित्वमा सम्पन्न अन्तरकृया कार्यक्रममा बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश सिकारीयाले उठान गरिएको बिषय अन्तरगत बर्तमान अवस्था तथा कानुन कार्यन्वयन नहुदा पर्न गएको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्यपत्रहरुमा १२ बुदे सम्झदारी पछि अपराधिहरुबाट बढ्दै गएको धम्की र त्यसबाट प्रभाबीत क्षेत्रहरुका बारेमा उल्लेख गरिएको थियो । बिभिन्न राजनितीक पार्टी प्रतिनिधी, बिधार्थी, संचारकर्मी, प्रहरी, प्रशासन, नागरिक समाजका अगुवाहरुको उपस्थिती बिच सम्पन्न अन्तरकृया कार्यक्रममा पर्सा जिल्लाको शान्ति सुरक्षाको बर्तमान अवस्था, भ्रष्टाचार, डण्ड हिनताका बारेमा सहभागिहरुबाट उठेका प्रश्नहरुका सर्न्दर्भमा प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले बिस्तार पुर्बक जवाफ दिदै प्रहरी प्रशासनका त्रुटिहरुमा सुधार गर्ने एवम् अन्य ब्रि्रीएका अवस्थालाइ सुधार गर्दै लगेको जवाफ दिनु भएको थियो । कार्यक्रममा बिशलेषक चन्द्रकिशोर झाले तराइमा सुरक्षा तथा कानुनी शासनको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै हिंसाको पृष्ट भुमि, बिगतको सर्न्दर्भ, बर्तमानको यथार्त, सुरक्षाको चुनौतिका बारेमा बिस्तृत रुपमा प्रश्न उठान गरि निराकरणको उपायहरुका बारेमा उल्लेख गर्नु भएको थियो । युनाइटेड स्टेट इन्सिच्युट अफ पिस नेपालका सल्लाहकार शोभाकर बुढाथोकि, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक मध्माञ्चल क्षेत्रीय कार्यालय काठमाण्डौका कृष्ण गौतम, पर्साका प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठ, प्रहरी नायव उपरिक्षक योग बहादुर पाल लगायतको उपस्थिती रहेको थियो । सो कार्यक्रमको संचालन संचारकर्मी कृष्णचन्द्र लामिछानेले गर्नु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment