Pages

आर्थीक सहयोग जुटाउन बिभिन्न कार्यक्रम

बीरगंज ६ भदौ/  बीरगंज भेडियाही स्थित नेशनश मेडिकल क्लेज शिक्षण अस्पतालका बिधार्थीहरुले असहाय र गरिब बिरामीहरुको उपचारका लागि आर्थीक सहयोग जुटाउन आज क्लेजमा बिभिन्न कार्यक्रम गरेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले रक्तदान कार्यक्रमको उद्घाटन गर्दै क्लेजका बिधार्थीहरु द्वारा गरिएको रक्तदान कार्य सरहनीय रहेको भन्दै सबैले रक्तदान गरि जीवन दान जस्तो महत्व पुर्ण काम गरिने आग्रह गर्नु भयो । बिहान करिब साढे ९ बजे देखि भएको रक्तदान कार्यक्रममा नर्सिङ क्याम्पसका ११ जना एमबिबिएसका ९ जना छात्रा सहित ५५ जना बिधार्थीहरुले रक्तदान गरेका हुन् । मेडिकल क्लेज शिक्षण अस्पतालमा उपचारका लागी आउने बिरामीहरुलाई सहज रुपमा रगत उपलब्ध गराउने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको रक्तदान कार्यक्रमको संयोजकले बताएका छन् । बिधार्थीहरुले रक्तदान कार्यक्रम, सांस्कृती कार्यक्रम तथा बिधार्थीहरुले श्रृजना गरेका बिभिन्न प्रबिधीको प्रदर्शनी गरेका हुन् । क्लेजको छात्राबास परिसरमा संचालन हुने कार्यक्रममा कमप्युटर सुचना प्रबिधीका लागि गीत, संगीत, मनोरनजन, खाजा लगायतको ब्यवस्था गरिएको थियो । कार्यक्रममा क्याम्पसका बिधार्थी, शिक्षक, कर्मचारी र संचारकर्मीलाई मात्र प्रबेश गर्न दिने आयोजक समितिले जनाएका छ । कार्यक्रमको आयोजनाबाट संकलीत रकम बिधार्थी सहयोग राहत कोषमा जम्मा गर्ने र जम्मा भएको रकम नेशनल मेडिकल क्लेजमा आउने गरिब बिभिन्न बिरामीको उपचारमा खर्च गरिने डाक्टर बिराज तिमिल्सीनाले जानकारी दिनु भयो ।

No comments:

Post a Comment