Pages

राजयोगले स्वास्थ्य जाग्रित कार्यक्रम सन्चालन गर्ने

























बीरगंज २ असोज/ मेरो नेपाल, स्वस्थ नेपाल भन्ने मुल संदेशका साथ गत भदौ ३१ गते देखि ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र छपकैंयाँ वीरगंजले स्वास्थ्य जाग्रित कार्यक्रम सन्चालन गरेको छ । सेवा केन्द्र छपकैयाँको आफ्नै सभाहलमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गर्राईएको हो ।


 कार्यक्रम आगामि १६ गते सम्म काठमाडौदेखि काकडभिट्टासम्म सञ्चालन हुने बताईएको छ । प्रज्ञाभवन कमलादि काठमाडौबाट शुरु भएको यो अभियान काठमाडौका विभिन्न मेडीकल कलेज, भक्तपुर, नारायणगढ, हेटौंडा लगायतका स्थानहरुमा विभिन्न गोष्ठी तथा स्वास्थ्य सिविर सञ्चालन गर्दै यहि असोज ७ गते वीरगंज आइपुग्ने बताइएको छ । सोही दिन वीरगंज उपमहानगरपालिका, उद्योग वाणिज्य संघको कार्यालय र असोज ८ वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज र ड्राइपोर्टमा छुट्टा छुट्टै विचार गोष्ठी तथा सोहि दिन छपकैयाँस्थित राजयोग सेवाकेन्द्रको सभाकक्षमा वृहत प्रवचन कार्यक्रमको आयोजना गरिने समेत बताइएको छ । विश्वमा जागरण सम्बन्धि संयोग कार्यक्रमले आयोजना गरेको यस अभियानले बालबालिका, युवा, जेष्ट नागरिक, लगायत विभिन्न पेसा, व्यवसाय अंगालेका सम्पुर्ण नेपाली तथा स्वास्थ्य संस्थामा समर्पित सबै स्वास्थ्यकर्मीहरुलाइ स्वास्थ्य र अध्यात्म विचको वास्तविकताको जानकारी गराउने समेत पत्रकार सम्मेलनमा बताइएको छ । ब्रम्हाकुमारी इश्वरी विश्वविद्यालय, अंन्तराष्ट्रिय मुख्यालय माउण्ट आबुगो, चिकित्सा सेवा प्रभागका वरिष्ठ चिकित्सकहरुको सहभागिता रहने यो अभियान पुर्वका विभिन्न स्थानहरुमा समेत सञ्चालन गरिने सो अवसरमा जानकारी गराइएको छ । सेवा केन्द्र छपकैयाकी संचालिका रविना दिदीको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा ब्रम्हाकुमारी सेवा केन्द्रका मिना बहन, बेली बहन, जमुना बहन, जितेन्द्र भाइजी, गुणराज भाइजी, छोटेलाल भाइजी, पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुघन नेपाल लगायतकाले आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

No comments:

Post a Comment