Pages

बिश्वकर्मा पुजाको कारण बजारमा चहल पहल













बीरगंज ३१ भदौ/ भोली असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजाका लागि बीरगंजको बजारमा चहल पहल बढेको छ । मेशिनरी सामानलाई देवताको रुपमा मानी विश्वकर्माको भगवानको पूजा गर्ने वर्षौ देखिको चलन रहँदै आएको छ ।

केही वर्षअघिसम्म वीरगन्ज पथलैया औद्योगिक करिडरमा विश्वकर्मा पूजा मनाइदा मजदुरका लागि कुनै ठूलो चार्डपर्व भन्दा कम खुशियाली हुँदैन थियो । विशेषगरी प्राविधिक काम गर्ने मजदुरहरुलाई उद्योगका साहुले पुरस्कार, नयाँ कपडा दिनुका साथै उधोगभरिका मजदुरका लागि मनोरन्जन र भोजभतेरको व्यवस्था समेत गर्ने गरेका कारण मजदुरहरुका लागी ज्यादै रमाइलो हुने गर्‍थयो । अहिले आएर उद्योगहरुको खस्कँदो अवस्था, देशमा राजनितीक अन्योलता, असुरक्षा, पुँजी अभाव का कारण विश्वकर्मा पूजाको रौनकतामा कमी आउन थालेको छ । तरपनी भगवान बिश्वकर्माको पुजाका लागि समान किनमेल गर्ने ब्यक्तिहरुको बीरगंजको माईस्थान, मिनाबजार लगायतका ठाउहरुमा ठुलो भिड लागेको छ । यसैगरि बिश्वकर्माको मुर्ती बनाउनका लागि भारतको बिभिन्न ठाँउबाट वीरगंज आएका मुर्तीकारहरुले करिब डेढ महिना देखि मुर्ती बनाउँदै आएका छन् । केही मुर्तीकारका अनुसार गत बर्षतयार पारिएको मुर्ती नबिकेका कारण यस बर्ष३० देखि ४० प्रतिशत मुर्ती कम बनाएको बताउँ छन् ।

No comments:

Post a Comment