Pages

बीरगंजमा तीज, रमजान र गणेश चतुर्थी धुमधामका साथ मनाए


बीरगंज २६ भदौ/ आज हिन्दु धर्मावलम्बीको गणेश चतुर्थी तीज र मुसलमानहरुको पवित्र पर्व रमजान दुबै समुदायका व्रतालुहरुले बीरगंजमा आ आफनो धार्मिक विधी अनुसार धुमधामका साथ मनाएका छन् । मुसलमान समुदायका भगवानको दुत -नवी० मोहम्मद हजरत सल्लुललाहो अलहियो वसल्लमको हुकुम अनुसार नै आजबाट एक महिनासम्म मुस्लिम समुदायले रमजान पर्व बढो पवित्र तरिकाले मनाउने गर्दछन् । बाँकी पढ्नुहोस.....

विहान सूर्य उदाउनु पूर्व समुदायका सबैजना एकै ठाउमा बसेर खानपीन गरी ९फजर० नवाज पढछन्, त्यसपछि मध्यान्हृ १२ बजेपछि करिव दुइ बजेतिर ९जोहर० दोस्रो नवाज पढने गर्छन । त्यसपछि सूर्य अस्ताउनु करिव डेढ घण्टा अगाडी ९असर० नवाज पढने गर्छन, र सूर्य अस्ताएपछि तुरुन्तै ९मगरिव० नवाज पढने गर्छन र अन्तमा सूर्य अस्ताएको करिव दुइ घण्टापछि करिव आठ बजे राती ९इशा० नवाज पढने गर्छन । विश्वभरीकै मुसलमानहरुले आजबाट रमाजानको पवित्र महिनाभरी दैनिक पाच पटक नवाज पढने गर्छन् । यस महिनालाई उनीहरु सबैभन्दा पवित्र महिनाको रुपमा लिने गर्दछन् । प्रायः मुस्लिम समुदायका मानिसहरुले आफनो राम्रो र शुभ कार्यहरु यसै महिनामा गर्ने गर्दछन् ।बीरगंजमा रहेको करिव २० वटा मस्जिदमा आज विहानैबाट मुस्लिम समुदायको निकै चहलपहल बढेको छ । मुस्लिम समुदायका पुरुषहरु बिहानैदेखि मस्जिद आउने र जाने क्रम बढेको छ भने मुस्लिम महिलाहरु भने आफनै घरमा बसेर नवाज पढेका छन् ।यसै सन्दर्भलाई लिएर बीरगंज १५ स्थित मुर्लीमा रहेको जामे मस्जिद व अंजुमन इस्लामियाका मुफ्ती अमजद हुसैनलाई भेट्दा हुसैनले यस पवित्र महिनाभरी हामी सबैभन्दा पहिले विहानै ९अजान० अल्लाउ अकवर भनेर चारपटक सबै मुस्लिम समुदायलाई बोलाउछौ, त्यसपछि असहदु अल्लाह इलाह इल्लल्लाह अर्थात यो संसारमा अल्लाहको शिवाय कोही पूज्यनिय छैन भनेर दुइ पटक भन्ने गर्र्छौ, त्यसपछि असहदु अन्न मुहम्मदन रसुल्ललाह अर्थात म गवाही दिन्छु मोहम्मद सल्लुललाहो अलहियो वसल्लम अल्लाह रसुल ९भगवानको दुत० हो भनेर भनेर भन्छौ । हैय्य असससलाह अर्थात सबैलाई नवाज पढन आउ भनेर दुइ पटक भनिन्छ, हैय्य अललफलाह अर्थात कामयावी तिर आउ भनेर दुइ पटक भनिन्छ र अन्त्यमा अल्लाहो अकवर, अल्लाहो अकवर, लाई लाह इल्ललाह अर्थात अल्लाहको शिवाय कोही पूज्यनिय छैन भनेर बोलाए पछि सबैलाई नवाजको समय भयो भनेर जानकारी हुन्छ । त्यसपछि सबैजना मिलेर नजिकको मस्जिदमा गएर बजु अर्थात हातमुख धोएर नवाज पढने गरिन्छ हुसैनले बताए । यता हिन्दु महिलाहरुले आज चतुर्थीको दिनलाई तीज पर्वको रुपमा धुमधामका साथ मनाएका छन् । यस पर्वलाई नेपाली हिन्दु महिलाहरुले धार्मिक, सामाजिक एंव सास्कृतिक विशेषताको रुपमा मनाउने गर्दछन् । हिन्दु धर्म अनुसार परापूर्वकालमा आराध्यदेव श्री महादेव स्वामी पाउ भन्दै पार्वतीले व्रत बसी महादेवलाई पतिको रुपमा प्राप्त गरेको भन्ने किवदन्ती रहेको छ । हिन्दु नारीहरुले पनि तीजको दिन विवाहित नारीहरुले आफ्ना श्रीमानको दिर्घायुको लागि व्रत बस्ने गर्छन भने अविवाहित नारीहरु चाही राम्रो वर पाउ भनेर यो व्रत लिने गर्छन । यसै क्रममा बीरगंजेली महिलाहरुले आज तीज पर्वलाई विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ मनाएका छन् । विहानैदेखि महादेवका महादेवका मन्दिरहरुमा राता साडीमा गरगहना सहित सजिएकी हिन्दु महिलाहरुको भिड लागेको थियो । हातमा पुजाको थाली समातेर रातो साडीमा शरिरभरि गरगहनाले सजिएकी महादेवकी भक्तनीहरुको चहलपहल निकै बढेको थियो । तीज पर्वको कारण आज बीरगंजको अलखियामठमा बिहानैदेखि नारीहरुको भिड लागेको थियो भने रातो साडी पहिरिएको कारण बीरगंजका मुख्य सडक र बजारहरु राताम्य देखिएको थियो । महादेवको मन्दिरहरुमा महिलाहरुको भिडलाई ब्यवस्थित गर्न स्थानीय प्रहरीले पर्याप्त मात्रामा महिला प्रहरी समेत परिचालन गरेको थियो । तीज पर्वलाई बिशेष ध्यानमा राखेर अलखियामठ प्राङगणमा आज तीज नृत्य महोत्वस प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितमा ब्रतालु महिलाहरुले पुजाआजा गरी सकेपछि भोखको समेत वास्ता नगरी खुव मस्की मस्की नृत्य गरेका थिए । यो व्रत लिने महिलाहरुले शनिवार राती दर खाएपछि एकैचोटी सोमबार विहानमात्र पानी पिएर व्रत खोल्ने गर्छन । यस व्रतबाट व्रतालुहरुले चिताएको कुरा पुग्छ भन्ने पुरानो मान्यता रहेकोले ब्रतालुहरु करिव ३६ घण्टासम्म पानी समेत पिउदैनन् । यसैगरी आज गणेश चतुर्थीको दिन भएकोले मैथली समुदायका महिलाहरुले गणेश चौथको पुजा गरी धुमधामका साथ मनाएका छन् । बीरगंजमा बसोबास गर्ने मैथली समुदायका महिलाहरु विहानैबाट नुहाई धुवाई गरी भगवान गणेशको पुजाआजा गरी आफना छोराको दिर्घायुको लागि दिनभरी निराहार बस्ने गर्छन । यस पुजालाई सन्तानको संरक्षण, समृद्धि र स्वस्थताको लागि गरिने ब्रत हो भनी ब्रतालुहरु बताउछन् । ठाकुरराम बहुमुखि कलेजका प्राध्यापक इन्दुशेखर मिश्रले पहिले पहिले मैथली समुदायमा बालविवाह बढी हुने र त्यस्ता बालकहरु प्रायः अस्वस्थ्यताको शिकार हुनुको साथै धेरैको मृत्यु समेत भएकोले त्यसलाई रोक्नको लागि धार्मिक विधी अनुसार मैथली समुदायका महिलाहरुले आफना छोरा र परिवारको लागि यो व्रत बस्ने गरेको मान्यता रहेको छ भन्नुभयो ।



















No comments:

Post a Comment