बीरगंज ३१ भदौ/ पर्सा जिल्लाको हरिहरपुर गाबिस वडा नम्बर ९ गुलरियामा रहेको नेपाल राष्ट्रिय प्राथमिक बिधाललयमा बिगत ५ बर्षदेखि छात्रबृती बितरण नभएको अभिभावकहरुले बताएका छन् । बिगत ५ बर्षदेखि छात्रबृतीका लागि बिधालयमा आएको रकम प्राधानाध्यापक नागेन्द्र झा कुर्मी र बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बुनीलाल राउत कुर्मीले बितरण नगरि हिनामिना गरेको अभिभावकहरुको आरोप छ ।
छात्रबृतीका बारेमा शिक्षा जिल्ला कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पटक पटक उजुरी गर्दा पनि कुनै सुनुवाई नभएको अभिभावकहरुले गुनासो गरेका छन् । बिधालयमा २ सय ५० बिधार्थीहरु अध्यनरत रहेका छन् । यसैबिच दलित जनजाती पार्टी पर्साले दलित बालबालीकाहरुका लागि स्थानिय बिकाश मन्त्रालयले उपलब्ध गराएको २५ लाख ८० हजार रुपैयाँ जिल्ला बिकाश समितिले बितरण नगरि अनियमित्ता गरेको आरोप लगाएको छ । बिज्ञप्तीमा बागेश्वरी तित्रवना, औराहा, वागवाना, भौराटार, भिस्वा, मिर्जापुर, मसिहानी, सुगौली बिर्ता लगायतको गाबिसमा दलित बालबालीकहरुलाई रकम बितरण गरिएको उल्लेख गरिएको छ । पार्टीका जिल्ला अध्यक्ष दिनेश रामले दलित बालबालीकाले पाउनु पर्ने रकम सथानिय जिल्ला बिकाश समितिका कर्मचारी र गाबिसको मिलोमतोमा दुरुपयोग भएको आरोप लगाउनु भएको छ ।
No comments:
Post a Comment