बीरगंज २८ कार्तिक/ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको विशेष टोलीले आज भौराटार गाविसको दुई बेग्ला बेग्लै स्थानमा गरेको छापामारीबाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । बाँकी समाचार ..........
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा, इलाका प्रहरी कार्यालय पोखरीया र अस्थायी प्रहरी चोकी बिन्दवासीनीबाट खटिएको प्रहरीको टोलीले भौराटार वडा ३ बाट बिहान ६ क्वीन्टल गाजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भौराटार गाविस ३ निवासी शिवनाथ सहनीको घरबाट दुईवटा ड्रम र दुई वटा बोरामा लुकाइ राखिएको करिब दुई क्वीन्टल र छिमेकी रामदेव राउत कुर्मीको घरबाट ४ वटा ड्रममा लुकाइ राखिएको करिब चार क्वीन्टल गाँजा बरामद भएको हो । छापामारीका क्रममा कुनै पनि व्यक्ति पक्राउ पर्न नसकेको प्रहरीले दावी गरेपनि प्रहरीले रकमको मोलतोल गरी ती ब्यक्तिहरुलाई छाडेको श्रोतले जनाएको छ ।
No comments:
Post a Comment