बीरगंज २८ कार्तिक/ महाकवी लक्ष्मीप्रसाद देवकोटाको १ सय ३ औं जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइदैछ । बाँकी समाचार .....
जन्मजयन्तिका अवसरमा आज रेडियो वीरगंज ९९ मेगाहर्जले महाकवि लक्ष्मी प्रसाद देवकोटाको स्मृति तथा सम्मानमा साहित्यिक श्रष्टाहरुको जमघट गरेको छ । वीरगंजका साहित्यीक श्रष्टाहरुलाई स्थानिय सन्चारमाध्यमहरुले स्थान नदिइरहेको गुनासो आइरहेको अवस्थामा सवैलाई एकै ठाउामा ल्याउने प्रयास स्वरुप महाकवि लक्ष्मी प्रसाद देवकोटाको स्मृति तथा सम्मानमा रेडियो वीरगंजले जमघटका माध्यमबाट अभियान थालेको हो । समाज परिवर्तनको संबाहकका रुपमा लिइने साहित्य श्रष्टाहरुलाई सन्चारमाद्यमहरुले संगै हातेमालो गर्दै अगाडि बढ्नु पर्छ भन्ने मान्यता अनुसार कार्यक्रमको आयोजना गरिएको एफएमका प्रबन्ध निर्देशक उपेन्द्र डोटेलले बताउनु भयो । कार्यक्रममा श्रष्टाहरुले आआफ्ना रचनाहरु बाचन गरेका थिए । कार्यक्रममा बोल्दै प्रध्यापक तथा साहित्यकार डा.विश्वम्भर शर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा पुर्याधउनु भएको योगदानको चर्चा गर्नु भएको थियो । नेपालि साहित्यमा देवकोटाको नाम हटाउने वित्तिकै नेपालि साहित्य अपाङ्ग बन्ने भन्दै शर्माले देवकोटा आफैमा साहित्यको भण्डार रहेको बताउनु भयो । रेडियो वीरगंजका सन्चालक ध्रुव साहले महाकवि देवकोटाको तस्विरमा पुष्प गुच्छा अर्पण गरि कार्यक्रम शुभारम्भ गर्नु भएको थियो । सहभागि श्रष्टाहरुले देवकोटा प्रति पुष्प गुच्छा अर्पण गर्नुका साथै आआफ्ना रचनाहरु बाचन गरेका थिए । कार्यक्रममा गोपाल अश्क, बैद्यनाथ ठाकुर, विनोद मेहता, मास्टर तारा सिंह, यमुना प्रधानाङ्ग, जयचन्द यादव, मनोज पटेल, दिलिपराज कार्की, हेमन्त तामाङ्ग, मोतिउर रहमान, अरुणविक्रम शाह लगायतका श्रष्टाहरुले देवकोटा प्रति समर्पित गर्दै आ आफ्ना रचना बाचन गरेका थिए । रेडियोका प्रबन्ध निर्देशक उपेन्द्र डोटेलको संयोजनमा सम्पन्न श्रष्टा जमघट कार्यक्रमको सन्चालन मायामितु न्यौपानेले गर्नुभएको थियो । विक्रम संवत १९६६ सालको लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्ली बजारमा जन्मिएका देवकोटाको २०१६ साल भदौ २९ गते निधन भएको थियो । मानवता र स्वच्छन्दतावादी साहित्यको क्षेत्रमा उच्च स्थान ओटगेका बहुमुखी प्रतिभाका धनी देवाकोटाका महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको मुनामदन खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो । विसं २०१६ सालमा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुादा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउनु र नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु महाकवी दवकोटाको अविस्मरणीय देन हुन् ।
No comments:
Post a Comment