बीरगंज २२ चैत्र/ प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादबले गोरखापत्रलाई जनता केन्द्रित सञ्चार माध्यमको रुपमा बिकास गर्नु पर्ने बताउनु भएको छ ।
बीरगंजमा गोरखापत्र संस्थान सम्र्पक कार्यलय बीरगंजको दोश्रो बार्षिकोत्सवको उलक्ष्यमा आयोजित सुशासन र मिडिया बिषयक अन्तरसम्बाद कार्यक्रममा बोल्दै प्रेस सल्लाहकार यादवले हरेक भाषाषिकको सम्मान पहिचानका लागि मिडियाले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने उल्लेख गर्दै गोखापत्रलाई समाजिक समावेशिकरण गर्न आवशयकता रहेको बताउनु भयो । उहाँले गोरखापत्र नेपालकैं सबै भन्दा जेठो पत्रिका भएकाले राष्ट्र निमार्णको अहिलेको बेलामा सकारात्मक र जनआकांक्षा अनुरुप भुमिका निर्वाह गर्नसक्नु पर्ने बताउनु भयो । प्रेस सल्लाहकार यादबले नेपाली पत्रकारीतामा मधेशी दलित उपेक्षित बर्गको समानुपातिक पहुच नहुन्जेल सम्म मुलुकले आर्थिक तथा समाजिक रुपले समृद्ध हुन नसक्ने बताउनुभयो । गोरखापत्रको एक सय ११ बर्षको इतिहासमा पहिलो पटक मधेसी समुदायाबाट प्रधान सम्पादकमा सिताराम अग्रहरीलाई नियुक्ति गरि समाजिक समावेशि करणमा दरिलो उदाहरण प्रस्तुत गरेको बताउदै समाचारदाताहरुमा मधेसीहरुलाई समानुपातिक प्रतिनिधित्व गराउनु पर्ने कुरामा जोड दिनुभयो । नेपाल प्रेस काउन्सिलका सदस्य चन्द्र किशोर झाले पत्रकारिता पेशालाई मर्यादित निष्पक्ष र स्वत्रन्त्र बनाउनु पर्नेमा जोड दिदै नेपाली पत्रकारीताको बिकासमा गोरखापत्रको योगदान चिरस्मरणिय रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य एवम् गोरखापत्र सञ्चालक समितिका पुर्व सदस्य महेस दासले गोरखापत्र सस्थानलाई सब सुद्धिढ र सक्षम बनाउनका लागि यसलाई कम्पनि ऐन अन्र्तगत ल्याउनु पर्ने बताउदैं गोरखापत्रका प्रकाशनहरुलाई क्षेत्रिय स्तरमा प्रकासन गनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले नेपाली पत्रकारीताले शान्ति प्रक्रिया सुशासन संबिधान निमार्णमा उल्लेखनिय भुमिका निर्वाह गरेको चर्चा गर्दै नेपाली पत्रकारीता राष्ट्र प्रति जिम्मेवारी पुर्वक प्रस्तुत हुनुपर्ने बताउनु भयो । भारतीय महाबाणिज्य दुत आशुतोष अग्रवालले नेपालको लोकतन्त्र स्थायित्व र सुसाशन स्थापनाका लागि नेतृत्वदायि भुमीका निर्वाह गरेको स्मरण गर्दै गारखापत्रले नेपाली जनताको ईच्छा र आकाक्षालाई सम्मान गरेको बताउनुभयो । गोरखापत्र संस्थान सम्र्पक कार्यलय बीरगंजकोका प्रमुख कन्हैयालाल केसरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष हरेन्द्र सिहं, नेपाल पत्रकार महासंघका पर्साका सभापति अशोक तिवारी पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारी, बीरगंज उद्योग बाणिज्य सङघका उपाध्यक्ष सत्यनारायण मितल राष्ट्रिय समाचार समितिका अञ्चल प्रमुख सितल महतो लगायतका ब्यक्तिहरुले गोरखापत्रको बिकास तथा बिकासका लागि आफुले सदैं प्रयत्नसिल रहने बताउनु भएको थियो ।
No comments:
Post a Comment