बीरगंज २१ बैशाख/ विश्व प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले प्रभात फेरी निकालेको छ ।
भावी सविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी सुनिश्चिता हुनुपर्ने माग सहित आयोजना गरिएको प्रभात फेरीमा स्थानिय संचारकर्मीहरुको सहभागीता रहेको थियो । वीरगंजको घण्टाघर चोकबाट निकालीएको प्रभात फेरी माईस्थान, आर्दशनगर, घडिअर्वा हुदै पुन: घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पत्रकार महासंघ पर्साका अध्यक्ष अशोक तिवारीले प्रेस स्वतन्त्रता दिवस मनाईए पनि प्रेस स्वतनत्रताको अनुभुती पाउन नसकेको दुखेसो पोखेका थिए । उहाँले नयाँ संबिधानमा संचारकर्मीहरुको हकअधिकार सुनिश्चित गरी प्रेस स्वतन्त्रताको अनुभुति दिलाउन सरकार संग माग समेत गर्नु भएको थियो । कोणसभामा महासंघ पर्साशाखा सल्लाहकार केसी लामिछानेले अहिलेको पत्रकारीता चुनौती पूर्ण रहेको बताउनु भयो । उहाँले संचारकर्मीहरुको सामुने आएको चुनौतीको समाना गर्दै समाज रुपान्तरण तथा शान्ति सुरक्षाका लागि कलम चलाई रहनु पर्नेमा जोड समेत दिनुभयो । महासंघ पर्साका उपाध्यक्ष ध्रुव साहले बर्तमान अवस्थामा प्रेस स्वतन्त्रता केवल किताबमा सिमित भएको आरोप लगाउदै, त्यसको अक्षरस कार्यन्वयनको लागि सरकार संग जोडदार माग गर्नु भएको थियो । प्रभात फेरीमा महासंघ पर्साका सचिव युवराज खड्का, क्रियाशील युवा पत्रकार मंचका अध्यक्ष प्रणय कुमार, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष आरके पटेल, मधेशी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल, पत्रकार महासघका निर्वतमान अध्यक्ष शुत्रघन नेपाल, राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रिंय सदस्य राम सर्राफ, जिल्ला अध्यक्ष पंकज श्रेष्ठ लगायतका संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
यसैगरी महासंघले स्थानिय होटल सम्झनामा भावी संविधानको प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुनुपर्ने माग राख्दै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । अन्तरक्रिया कार्यक्रममा नेपाल कांग्रस पर्साका सभापति सुरेन्द्र चौधरी, प्रेस काउन्सिलका सदस्य चन्द्रकिशोर झा, पत्रकार महासंघका केन्द्रिय सदस्य महेश दास, उपाध्यक्ष ध्रुव साह, पर्साका सल्लाहकार केशी लामिछाने लगायतका ब्यक्तिहरुले प्रेस स्वतन्त्रता बारे चर्चा गरेका थिए । कार्यक्रम महासंघ पर्साका अध्यक्ष अशोक तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
यसैगरी बारा पनि दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बाराले प्रभात फेरी सम्पन्न गरेको छ । महासंघका कार्यबाहक अध्यक्ष राकेश पाण्डेको नेतृत्वमा कलैया देवकीलाल धर्मशालाबाट निकालिएको प्रभात फेरी कलैया नगरको विभिन्न भाग परिक्रममा पश्चात भरत चौकमा आई कोणसभामा परिणत भएको थियो । यसैगरी सोहि दिवस अवसरमा नेपाल पत्रकार महासंघले मकवानपुरमा पनि प्रभातफेरी आयोजना गरिएको छ । हेटौाडाको सिमाचोकबाट सुरु भएको र्याली,मकवानपुर उद्योग वाणिज्य संघ अगाडी पुगेर पुन बुद्घ चोकमा आई सभामा परिणत भएको थियो । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष भानुभक्त आचार्य लगायत जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको महासंघका सचिव राजन दाहालले जानकारी दिनुभयो ।
No comments:
Post a Comment