बीरगंज ३० असार/ बीरगंज बौद्ध समिति धर्मचक्र प्रवर्तन दिवस मुल आयोजक समितिले असार पूर्णिमाको अवसरमा बीरगंजको भिष्वा महाचैत्य स्तुपमा आजबाट तीन दिने धर्मचक्र प्रवर्तन दिवस मनाउने भएको छ । बाँकी समाचार.......
विश्व शान्ति दुत भगवान गौतम बुद्धले बैशाष पुर्णिमामा सम्यक सम्वोधी ज्ञान प्राप्त गरी, असार पुर्णिमाको दिन आफना ५ भिक्षु मित्रलाई धर्मउपदेश दिनु भएकोले बौद्ध धर्मावलम्बिहरु असार पूर्णिमालाई गुरु पुर्णिमाको रुपमा मनाउने गर्दछन् । उहाले दिनु भएको ज्ञानउपदेशलाई नै धर्म चक्र प्रवर्तन सुत्रको नामले चिनिने गर्दछ । पर्साका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमको प्रमुख आतिथ्यमा बीरगंज भिष्वा महाचैत्यमा सम्पन्न उदघाटन् समारोहमा गौतम बुद्ध भनेको सत्य हो, त्यसलाई जोगाउन सबैजना एक भएर अगाडी बढनु पर्नेमा जोड दिए । बीरगंज उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अशोक बैदले गुरुले ज्ञान दिएकोले गुरु पुर्णिमा निकै प्रवित्र दिन भएको बताउदै बुद्धले दिनुभएको ज्ञान केवल पढने मात्रै नगरी यसलाई हृदयबाटै मनन गर्नु पर्छ भनेर जोड दिए । समाजसेवी तथा उधोगपति विश्वनाथ साहले बुद्ध र उनको ज्ञानलाई वेवास्ता गरेर मुलुकमा कहिल्यै शान्ति नआउनेमा जोड दिए । आयोजक समितिका संयोजक राजु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उदघाटन समारोह ३०, ३१ र ३२ गरी जम्मा तीन दिनसम्म बौद्ध धर्म सम्बन्धी अन्तरक्रिया, प्रवचन कार्यक्रमको आयोजना गरी मनाउने कार्यक्रम रहेको छ । कार्यक्रममा बीरगंज उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा उधोगपति अशोक बैदले भिष्वा महाचैत्यको संरक्षणको लागि भनी ५० ट्रिप माटो सहयोग गर्ने घोषणा गरेका छन् । उदघाटन समारोहमा स्वागत मन्तब्य बीरगंज बौद्ध समितिका अध्यक्ष बीरहर्ष शाक्यले दिएका थिए । कार्यक्रमको संचालन सूश्री लक्ष्मी शाक्यले गरेकी थिईन ।
No comments:
Post a Comment