वीरगंज फाइनान्सले ११ प्रतिशत लाभांश वितरण गर्ने
वीरगंज २३ पुस/ वीरगंज फाइनान्स लिमिटेडको सातौं बाषिर्क साधारण सभा आज स्थानिय होटल मकालुमा सम्पन्न भएको छ । बाँकी समाचार.......
सो बाषिर्क साधारण सभामा शेयर होल्डहरुलाई ११ प्रतिशत लाभांश कम्पनीले बितरण गर्ने भएको
हो । सो साधारण सभाले शेयरहोल्डहरुलाई १० दशमलव ५३ प्रतिशत वितरण गर्ने प्रस्ताव र्सव सम्मतिबाट पारित गर्यो । साधारण सभाले संस्थाको आव ०६६/६७ को वासलात, नाफा नोक्सान हिसाब लगायत अन्य वित्तिय विवरणहरु र्सवसम्मतिबाट पारित गरेको छ । त्यसैगरी साधारण सभाले आव ०६७/६८ का लागि लेखापरिक्षक नियुक्त गर्ने, उचित किसिमको मर्जर सम्बन्धि प्रस्ताव आएमा संचालक समितिलाई आवश्यक कदम चाल्न अधिकार प्रत्यायोजन गर्ने लगायतका प्रस्तावहरु समेत र्सवसम्मतिबाट पारित गर्यो । फाइनान्सले आथिर्क व ०६६/६७ को मसान्त सम्म दुइ अर्ब ४७ करोड रुपैया निक्षेप परिचालन तथा दुइ अर्ब २६ करोड रुपैया कर्जा प्रवाह गरी आठ करोड ८४ लाख रुपैया संचालन मुनाफा आर्जन गरेको छ । चालु आवको पहिलो त्रैमासिक सम्ममा दुइ अर्ब ९५ करोड निक्षेप परिचालन गरी करीब दुइ अर्ब ७८ करोड रुपैया कर्जा प्रवाह गरी सकेको छ । संस्थाले उक्त अवधि सम्ममा एक करोड ४३ लाख रुपैया संचालन मुनाफा आर्जन गरी सकेको छ । उक्त वित्तिय संस्थाले काठमाडौं उपत्यकाभित्र पाच तथा उपत्यका बाहिर नौं गरी १४ शाखा संजाल मार्फ ग्राहकलाई आधुनिक बैंकिंग तथा वित्तिय सुविधा पुर्याउदै आएको उक्त अवसरमा जानकारी गर्राईयो । फाइनान्सका अध्यक्ष बिजय कुमार सरावगीको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रमुख अतिथी संस्थापक अध्यक्ष चिररन्जीबिलाल सरावगीले पानसमा बत्ती बालि उदघाटन गर्नु भएको सम्पन्न साधारण सभामा संचालक समितीका रबिन्द्र कुमार बर्णवाल, सुरेश कुमार अग्रवाल, सुरेन्द्र पौडेल, बोर्ड सदस्य बाल मुकुन्द खरेल, श्रवण कुमार अग्रवाल लगायत अतिथी रहनु भएको थियो । संचालक समितीका सदस्य महेश भुसालले स्वागत भाषाण गर्नु भएको सो कार्यक्रमलाइ संचालन सुरेन्द्र बाबु पन्तले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन बोर्डका सदस्य बाल मुकुन्द खरेलले गर्नु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment