काठमाडौ“, २५ भदौ । प्रगतिशील लेखक सङ्घले यस वर्षो "प्रलेस प्रतिभा पुरस्कार" साहित्यकार चूडामणि रेग्मीलाई प्रदान गर्ने भएको छ । बांकी पढ्नुहोस
सङ्घको शुक्रवार बसेको सचिवालय बैठकले पुरस्कार चयन समितिको सिफारिसबमोजिम रेग्मीलाई उक्त पुरस्कार दिइने निर्ण्र्ाागरेको सङ्घका महासचिव गोपाल ठाकुरले बताउनुभयो । पुरस्कारको राशि रू.१० हजारको रहेको छ । "जुही" साहित्यिक पत्रिकाका सम्पादक रही झर्रा वादी साहित्यिक आन्दोलनमा लागेका रेग्मी समालोचना र भाषाविज्ञका क्षेत्रमा संलग्न हुनुहुन्छ । पुरस्कार चयनका लागि प्रलेसका उपाध्यक्ष रामप्रसाद प्रदीपको संयोजकत्वमा प्राज्ञ विष्णु प्रभात र स्रष्टा बलराम तिमल्सिना रहेको समिति गठन गरिएको थियो । सङ्घका पर्ूवअध्यक्ष आनन्ददेव भट्टको नगद रू.एक लाख सहयोगको अक्षय कोषबाट सो पुरस्कारको स्थापना गरिएको हो । गत वर्ष सो पुरस्कार कवि पर्ूण्ाविरामलाई दिइएको थियो । आगामी असोज ५ गते मनाइने सङ्घको ५८ औं वाषिर्कोत्सवका अवसरमा उक्त पुरस्कार प्रदान गरिनेछ । वाषिर्कोत्सवका अवसरमा प्रतियोगितात्मक कवि गोष्ठीको आयोजना र "वैचारिक आलोकमा महाकवि देवकोटा" विषयक ग्रन्थ प्रकाशित हुने भएको छ । कविता प्रतियोगिता आयोजक समितिका संयोजक भिक्टर प्रधानले देशभरबाट कविता सङ्कलन गरिएको जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment